Banner Second

अज्ञात समूहद्धारा वडा कार्यालय तोडफोड

By थाहा अनलाइन

January 21, 2021

तम्घास । गुल्मीको मालिका गाउँपालिका-७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । आज सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एकजना व्यक्तिले कार्यालय तोडफोड गरेको देखिएको हो ।

वडा कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको खर्यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए । कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् ।

स्मरण रहोस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर तोडफोड गर्न व्यक्ति भने पत्ता लागेको छैन । लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो ।

यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।