लहानमा असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा जसपाको पर्दशन



महेश सिंह सिरहा लहान ८ माघ – सिरहाको लहानमा जनता समाज बादी पार्टी नेपालले आयोजना गरेको बिरोध सभामा पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीका जिल्ला अध्यक्ष अशोक यादव र रामदयाल यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे।

जसपाले संसद विघटनको विरोधमा देशका अधिकांन्स जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको थियो। संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ।पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पार्टीले सरकारलाई आग्रह गर्नु भएको छ ।

विरोध प्रदर्शनमा समाज बादी पार्टीका दिगज नेता प्रकाश् अधिकारी,राज कुमार गुप्ता राजु,राकेश झा,अशोक यादव,राजलाल यादव ,शत्रुधन सिंह कोईरी, राम चलितर महतो,दिनेश महतो,रामदयाल यादव,ललिता दास, मोहमद आलम,दिपेश यादव,चन्द्र नारायण कुशवाहा, बिजय सिंह दनुवार,राम उदगार महतो,मनोज यादव,प्रमोद महतो,रामु महतो,ललित नारायण महतो,बिजय महतो,रिता साह,राम पुकार यादव,विवेक दास, राम औतार महतो लगायत हजारौं नेताहरुको सहभागिता रहेको थियोे। बिरोध रयालिमा सबैलाई
सहभागी हुन अपील गर्नु भएको हो ।

उक्त कदम विरुद्ध मधेसबादी पार्टीले विरोध प्रदर्शन गरेका हुन्। जनता समाज बादी पार्टी नेपालका केन्द्रिय कार्यकार्नि सदस्य प्रकाश अधिकारीले उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै हाम्रो देश प्रति गमनको रूपमा छ नेता अधिकारीले बताए।हामी देशमा स्थिरता चाहिएको र अबिस्वास्को प्रस्ताव ओली लाई लगाउनु पर्ने भन्दै । प्रधानमन्त्री ओलीको व्यंग्यको टिप्पणी गरेका थिए ।

बैल गाडी चडेर अमेरिका जान्छु भन्दै नेपाली जनतालाई मुर्ख बनाउने कामले आक्रोश भएको थियोे। ब्यक्ती गत स्वार्थको लागी देश लाई बर्बाद गर्ने अधिकार छैन ओलिलाई बताउनु भयो । जसपाको पुर्व नगर अध्यक्ष दिनेश महतोले स्वागत मनतब्य दिदै जनताको दुई तिहाई अधिकार ल्याउन सरकार संग हामी सम्पुर्ण नेपाली जनता सडक संघर्शमा छौँ। सरकार आग्रह गर्दै छु सुनिएन भने आन्दोलन अर्को रुपन सकन्छ नेता महतो चेतावनी दिनु भयो ।

पार्टीका केन्द्रिय सदस्य राकेश झाका अनुसार देश लाई बर्बाद गर्ने अधिकार ओलीलाई कस्ले दियो आक्रोश व्यक्त गर्दै नेता झा यस्तो बताए । अर्को पार्टीका केन्द्रिय सदस्य राज कुमार गुप्ता राजु ले भने नेपालको प्रधानमन्त्री देश हाक्न ब्यस्त छैन उनले ब्यक्तीगत स्वार्थमा लिप्त रहेको टिपनि गरेका थिए ।अर्का नेतृ ललिता दासकी अनुसार हामी संघियता टिकाउन सडक संघर्शमा छौँ नेतृ दासले बताए ।

समाज बादी पार्टीका प्रभाव शाली नेता राम चलितर महतो का अनुसार गृरीगिटि जस्तो रङ्ग बद्लेर देशमा समृद्धि आउदैन र देश हाक्न अस्क्छ्म हुन्छ ओलिको भुल हो नेता महतो बताउनु भयो । इतिहास निकै नै मजगुत रहेको बताए । हामी लोकतन्त्र सांसन बच्चाउन फेरी ७० / ७५ बर्षको इतिहास हेर्दा सयौं जनताको बलिदानि पस्चात देशमा संघियता आएको छ कार्यक्रमको अध्यक्ष तथा पार्टीका जिल्ला अध्यक्ष अशोक यादबले कार्यक्रमको समापन गर्दै यस्तो बताएका हुन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्