नेपालका प्रधानमन्त्री लाई भारतिय पत्रकार प्यारो भए-काँग्रेस नेता बस्नेत



दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बिरुद्ध नेपाली काँग्रेसले बिहीवार देशका सबै वडामा बिरोध प्रदर्शन गरेको छ ।
संसद विघटन असंवैधानिक र गैरलोकतान्त्रीक भन्दै आएको काँग्रेसले बिहीवार देशका सबै ६ हजार ७ सय ४३ वडाहरुमा बिरोध प्रदर्शन र सभा गरेर सरकारको यस्तो कदमको बिरोध गरेको हो ।

काँग्रेसले देशका ७ सय ५३ स्थानीय तहका प्रत्यक वडाहरुमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत दाङका दस स्थानिय तहका सबै वडा स्तरमा बिरोध गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्द बिरोध गरिएको छ ।


वडा नम्बर ७ का वडा सभापती सालिकराम चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेस प्रदेश सभाका प्रत्यासी उम्मेद्वार जानकिलाल बस्नेतको प्रमुख आतिथ्य एबम नेपाली काँग्रेसका पुर्ब महासमिति सदस्य एबम लमही-७ का वडाध्यक्ष मोहन गिरीको विशिष्ट आतिथ्यमा बिरोध कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जानकिलाल बस्नेतले आफ्नो मान मर्यादा भुलेर राष्ट्रपती बिद्यादेबी भन्डारी प्रधानमन्त्री ओलीको मतियार भएको आरोप लगाए । नेपाली काँग्रेस देशमा आईपरेको सम्पुर्ण समस्या सँग जुध्न तयार रहेको बताउँदै उनले ब्यक्तिगत स्वार्थ र रिसिईबि का कारण देशलाई आरजकता तर्फ धकेलेको आरोप लगाए ।

उनले नेपाली पत्रकार छोडेर भारतिय पत्रकार सँगको अन्तरबार्तामा खोक्रो राष्ट्रबाद देखाएको गम्भीर आरोप समेत लगाए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि काँग्रेस महासमिति पुर्ब सदस्य मोहन गिरीले समुद्र नभएको देशमा पानी जहाज चलाउँछौ भन्ने अहिलेको सरकारको गफमा नफस्न आग्रह गरे ।

देशमा ट्रेन सञ्चालनको लागि पहिला बाटोको आबस्यक रहेको भन्दै उनले नेकपाको फुटले खुसी हुनु भन्दापनि एकजुट भएर बढ्नुपर्ने आबस्यक अौल्याए ।


लमही-७ का वडा सदस्य कुलबहादुर बुढामगर को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा काँग्रेसका क्षेत्रिय प्रतिनिधि दिनेश गिरी, लमही नगर बिकाश समितिका पुर्ब अध्यक्ष घनश्याम सुवेदी,
पुर्ब महिला क्षेत्रिय अध्यक्ष तथा लमही नगरपालिका उपप्रमुख देवका बेलबासे, नेपाल शिक्षक संघ दाङका अध्यक्ष पदम प्रसाद योगी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण वडा कमिटिका सचिब नारायण प्रसाद मज्गैँयाले गरेका थिए ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर ५ मा पनि बिरोध कार्यक्रम सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ५ का सचिब सुरज केसीको सभापतित्व, केन्द्रीय सदस्य पार्बति डिसि चौधरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ दाङकी महिला सचिब लक्ष्मी योगि, पत्रकार लिला शाह, लीलाराम खनाल लगायतले बोलेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्