राप्ती लाइफ केयरमा दूरविनविधीबाट पित्तथैलीको सफल अपरेशन



तुलसीपुर, ८ माघ ।

दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिले दूरविनविधीबाट सफल अपरेशन भएको छ । हस्पिटलका निर्देशक जीवन भण्डारीका अनुसार बुधबार दूरविन विधीबाट पित्तथैलीको सफल अपरेशन गरिएको हो । तुलसीपुरमै पहिलो पटक दूरविन विधिबाट अपरेशन सेवा प्रदान गर्न थालिएको हो ।

तुलसीपुर, ६ निवासी १५ बर्षीया किशोरीको डा. शुसिल खानिया, डा.रुपेश महतो, खीमा डाँगी, विमला बुढा मगर, इश्वरा केसीसहितको टोलीले सफल अपरेशन गरेको हो ।

ति किशोरीको परिवारले यस क्षेत्रमै अपरेशन सेवा पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए । धेरै खर्चिलो पनि नहुँने र आफ्नै ठाउँमा अपरेशन हुने भएपछि सहज भएको उनको भनाई थियो ।

अब तुलसीपुरमै पित्तथैली, एपेन्डिसाईड, पत्थरी, डाईग्नोष्टिक ल्याप्रोसकपी सेवाकालागि जिल्ला बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको छ । सिटि स्क्यान, भिडियो एक्सरे नदेखाएका समस्याहरु समेत यसले सहजै देखाएर उपचार गर्ने निर्देशक भण्डारीले बताए । यो सेवाबाट उपचारकालागि पेट चिर्नुपर्ने, घाउ पाक्ने, लामो समय भर्ना हुनु पर्ने अबस्थाको पनि अन्त्य भएको भण्डारीले बताए ।‘हामीले यसबाट उपचार गर्दा पेट चिर्नुपर्ने अबस्था पनि रहदैन, कलम जतिकै सानो मेसिन शरिर भित्र पठाउने समस्या देखिएको स्थानमा त्यसैले उपचार गरि निकाल्न सकिन्छ’, उनले भने‘यसबाट उपचार गर्न दुई दिन भन्दा बढि लाग्दैन्, र ठूलो घाउ हुने अबस्था पनि आउँदैन ।’

अस्पतालले कल्चरसहितको आधुनिक प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । अहिले अस्पतालले सहुलियत सेवा कार्ड पनि वितरण गरेको छ । उक्त कार्ड लिएपछि सोही ब्यक्तिलाई १५ प्रतिशत छुट हुनेछ, भने परिवारका सदस्यलाई १० प्रतिशत छुट हुने निर्देशक भण्डारीले बताए । ५५ बेडको उक्त अस्पतालले विरामीको माग अनुसार सेवा सुविधा थप गर्दै आएको छ । साथै अस्पतालमा जनतालाई बाहिर नजान पनि आग्रह गरेका छौं । यति ठूलो अपरेशन , खर्चिलो बढि भएको छ । साथै अस्पतालले बुधबारदेखि बालरोग बिशेषज्ञ सेवा समेत सुरु गरेको छ । बालरोग बिशेषज्ञ डा. श्रीधर खनालले उक्त सेवा प्रदान गर्ने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्