एसिड पिडित दुई युवतीलाई नेपाल आयल निगममा जागिर



काठमाडौं। नेपाल आयल निगमले तेजाव आक्रमणबाट पीडित दुई युवतीलाई जागिर दिने भएको छ। निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्यहरु गर्दै आइरहेको निगमले निगमको सम्पर्कमा आएका उनीहरुलाई जागिर दिने निर्णय गरेको हो।

आयोगका प्रवक्ता विनिमणि उपाध्यक्षका अनुसार फुलवारी-३, ओखलढुंगाका पवित्रा कार्की र अग्यौली-९ नवलपरासीका बसन्ती परियारलाई निगमले सघाउने निर्णय गरेको हो। प्रवक्ता उपाध्यायकका अनुसार उनीहरु तेजाब आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा निगमको सम्पर्कमा आएका थिए।

दुवै जनाको कमजोर आर्थिक अवस्था र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्यहरु गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमति औषधिको जोहो गर्न कठिन भइरहेको अवस्थामा निगमले सघाउने भएको हो। उनीहरुले रोजगारीका लागि निगममा निवेदन दिएका थिए। निगमले सञ्चालक समितिले उनीहरुलाई निगममा कामकाजमा लगाएको र यसबाट उनीहरुको जीवनयापन र औषधोपचारमा सघाउ पुग्ने निगमले विश्वास लिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्