कांग्रेसबाट विजयी वडाध्यक्ष पाठकको निधन



जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा निधन भएको छ । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो ।

उनको उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् । निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडिटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्