सैघाली खबर
काठमाडौं,२७ पुस
नेपाली कांग्रेसले एक हप्ताभित्र केन्द्रिय कार्य समितिको बैठक बोलाउने भएको छ । निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले केन्द्रिय कार्य समितिको बैठक बोलाउने भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अबको एक हप्ताभित्र केन्द्रिय कार्य समितिको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
निर्वाचनमा भोगेको पराजय र पार्टीलाई नविकरण गर्ने विषय केन्द्रिय समितिमै छलफल हुने उहाँले बताउनुभयो । नेपाली कांग्रेसले उमेर भन्दा पनि एजेन्डाको आधारमा नेतृत्व चयन गर्ने प्रवक्ता शर्माको भनाई छ । नेतृत्व फेर्ने विषयमा भईरहेको पहलका बारेमा पनि केन्द्रिय समितिमा छलफल हुने उहाँले बताउनुभयो ।
सरकारको नेतृत्वकर्ता दल भएकाले कांग्रेसले राष्ट्रिय राजनितिमा ध्यान केन्द्रित गरेको भन्दै उहाँले राष्ट्रियसभाको निर्वाचन र सत्ताहस्तान्तरण अहिलेको मुख्य दायित्व भएको बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।