Banner First

दाङमा राजमो सकृय, चुनढुङ्गा खानीले अफ्ठ्यारोमा पारेका जनताको हितमा काम गर्ने

By थाहा अनलाइन

January 22, 2021

घोराही । राष्ट्रिय जनमोर्चा दाङ बङ्गलाचुली गाउँपालिकाले पालिका भित्रका सबै गाउँ र टोलटोलमा पार्टीको समिति बनाउने योजना बनाएको छ । पालिका अध्यक्ष सुमन घर्तीको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त कार्यक्रमको तर्जुमा गरेको हो ।

यहि कार्यक्रम अन्तर्गत बङ्गलाचुली–६ को रिभान, तिमिले, सिउँडे, गदारी र वडा नम्बर ३ को दाङ्बाङ मा भेटघाट तथा छलफल गरि नयाँ योजनाहरु तर्जुमा भएका छन् । पालिका भित्रका विभिन्न समस्याहरुको बारेमा पनि पार्टीले जनतालाई सुसूचित पार्ने काम गरेको छ ।

वडा नम्बर ६ का सबै गाउँहरु चुनढुङ्गा उत्खननको नाममा पुरै खण्डहर र मरुभूमि जस्तो बनाइएकोले त्यहाँका जनताको आर्थिक अवस्था कमजोर भएको भन्दै सो पार्टीले भोली त्यहाँ न त बस्न सकिने भएको जनाएको छ ।

यसैका कारण त्यहाँका नागरिकहरु बाध्यतावश गाउँ छोडेर भाग्नु पर्ने र जीवन अलपत्र हुने अवस्था आउँदैछ । यो विषयमा पनि पार्टीले सुसूचित गराउने काम गरेको छ । यस बारेमा त्यहाँ बेलाबेला आनदोलन पनि हुँदैआएको छ ।