घोराही । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ तुलसीपुर नगर समितिले भोली १० गते नेपाल बन्दको पूर्वसन्ध्यामा तुलसीपुर नगर आसपासका धेरै ठाउँमा मसाल जुलुस निकालेको छ ।
गत पुस २९ गते वार्ताको नाटक गर्दै पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लागयत ब्यूरो सदस्यहरु गिरफ्तार गरेको विरुद्धमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको कार्यक्रम अनुसार मसाल जुलुस निकालिएको हो ।
आजको मसाल जुलुस निकाल्ने कार्यक्रममा आक्रोशित युवाहरुले दलाल ओली सरकार मुर्दावाद, फासिवादी कदम बन्द गर, राजबन्दीको स सम्मान रिहाई गर, १० गतेको बन्द सफल पारौं जस्ता नारा लगाइएका थिए ।
घोषणा गरिएको बन्दको कार्यक्रमलाई सफल पार्न सहयोग गर्न र सहभागिता जनाउन आम उद्योगी व्यापारी र सार्वजनिक यातायात व्यवसायीहरुलाई तुलसीपुर नगर सो पार्टीले अपिल समेत गरेको नगर इञ्चार्ज नविनले जानकारी दिए । को बन्द बिहान ६ देखि बेलुका ५ बजेसम्म रहने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।