आर्थिक

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

By Thaha - Online

January 23, 2021

काठमाडौँ। चन्द्रागिरि हिल्सको प्राथमिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरेको हो। आवेदन दिएकामध्ये १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। त्यस्तै २० कित्तादेखि १३ हजार ९ सय ६० कित्तासम्मका लागि आवेदन दिनेमध्येबाट २ जनाले थप १ कित्ता सेयर पाएका छन्।

कम्पनीको आईपीओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए। जसमध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक ठहरिएका थिए। कम्पनीले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको थियो। यो कम्पनीको आईपीओमा त्यतिबेलासम्मकै सबैभन्दा धेरै आवेदन परेको थियो । यो कम्पनी सूचीकृत भएपछि पर्यटन क्षेत्रकै पहिलो कम्पनी हुनेछ।