विप्लव बन्दः काभ्रेमा विष्फोट, मकवानपुरमा जिपमा आगजनी



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले बताए ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा१३च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ ।

आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ । सो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । बन्दको अवज्ञा गरेको आरोपमा सो पार्टीले उता काभ्रेमा विष्फोट गराएको छ । विष्फोटका कारण सडक अवरुद्ध भएको समाचार प्राप्त भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्