गृहजिल्ला आउँदै गरेका खेलकुद मन्त्री तामाङलाई बीचबाटोमै अवरोध



सिन्धुपाल्चोक। प्रतिनिधिसभा बिघटनपछि ओली समूहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवरोध गरिएको छ। कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हो।

इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बिच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले बताए। तामाङ ऐसेलुखर्कमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्। सिन्धुपाल्चोकमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पकड छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्