कहिले बन्ला पुल ?



जनक नेपाली
दाङ,२७ पुस । दाङमा निमार्ण हुन थालेका सबै पुल अलपत्र अबस्थामा रहेका छन । घोराही –तुलसिपुर र घोराही –लमही सडक खण्डका पाँँच स्थानमा निमार्णाधिन अबस्थामा रहेका सबै पुल अलपत्र अबस्था छन् । घोराही –लमही सडक खण्डको बबई नदी, कटुवा खोला र घोराही –तुलसिपुर सडक खण्डको गुर्जे खोला, पत्रेखोला र संक्राम खोला निर्माणधिन अबस्थामा रहेको पुलको पछिल्लो चरण काम नै रोकिएको बताईएको छ । यी पुल मध्य बबई नदी, गुर्जे खोला र संक्राम खोलाको काम भने फाटफुट रुपमा संचालन भैरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । निमार्णाधिन पुल मध्य घोराही स्थित कटुवा खोला र पत्रे खोलाको कामभने अधुरै रहेको कार्यालयले जनाएको छ ।
कटुवा खोला पुल निर्माणका लागि शंकरमाली निर्माण सेवा काठमाण्डौ संग २०७१ भदौ ११ गते सम्झौता गरेको थियो । ४ करोड १० लाख, ७५ हजारमा काम सम्पन्न गर्ने गरी कार्यालय र निर्माण कम्पनीका बिचमा सम्झौता भएको सडक डिभिजन कार्यालय दाङका ईन्जिनिएर शेखर योगीले जानकारी दिनुभयो । पुलको २०७१ पुस १२ गते भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री विमलेन्द्र निधीले शिलान्यास गर्नु भएको थियो । पुलको लम्बाई ४० मिटर र ९ मिटर १० सेन्टीमिटर चौडाई र पुलको दुबतर्फ ६० सेन्टिमिटरको फुटपाथ छुट्टाएको योगीले जानकारी दिनुभयो । पुल निर्माणका लागि शंकर माली कम्पनीलाई २०७३ असोज १० गते सम्पन्न गर्ने गरी समय सिमा तोकिए पनि निर्धारित समयमै काम पुरा हुन नसकेको योगीले बताउनुभयो ।

कार्यालयका तर्फबाट निर्माण कम्पनीलाई २०७४ असोज १० गते (एक बर्ष) को समय थप गरेपनि उक्त समय काम गर्न नसक्दा पुल निर्माण अलपत्र अबस्थामा रहेको योगीले वताउनुभयो । पुल शिलन्यास गरेका चार बर्ष पुग्दा पनि फाउन्डेसन र सव स्ट्कच्चर (पीलर हाल्ने काम ) मात्र पुरा भएको वताउँदै बाँकी सुपर (स्ट्कच्चर) बिम हाल्ने सल्याप हाल्नेकाम अधुरै नै रहेको जानकारी दिनुभयो । पुल निर्माणका लागि सामान्य काम मात्र पुरा भएको वताउँदै बाँकी सबैकाम छोडेर कम्पनी भागेको छ । पुल निर्माण नहुदै कार्यालयका तर्फबाट एक करोड ८९ लाख रुपैयाँ भुक्तानी समेत पाईसकेको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले राजनितिको आडमा समयमै पुल निर्माणको कामलाई तिब्रता नदिएको एक कर्मचारीले वताए् । कटुवा खोला पुल निर्माणकै जिम्मा पाएको शंकरमाली निर्माण सेवा कम्पनीले घोराही – तुलसीपुर स्थित पत्रेखोला पुल निर्माणको कामलाई समेत अलपत्र बनाएको छ । दुबै पुल निर्माणको जिम्मा पाएको कम्पनीले पत्रे खोलाको काम समेत अधुरै राखेको सडक डिभिजन कार्यालयका ईन्जिनिएर नरबहादुर चन्दले वताउनुभयो । पत्रे खोलाको म्याद पनि गत भदौमा सकिएको थियो । म्याद सकिएपनि हाल सम्म ठेकेदारहरु सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

कुन पुुल निर्माणका लागि कति बजेट
जिल्लामा पुल निर्माणका लागि बजेटको व्यवस्था गरेपनि पुल समयमै नबन्दा सबै रकम खेर जाने अबस्था आएको छ । ठेक्का समयमै पुल निर्माण हुन नसक्दा ठेक्का नै रद्ध गर्ने अबस्था आए उक्त रकम खेर जाने कार्यलयले जनाएको छ । बबई खोला पुलका लागि ११ करोड २२ लाख गुर्जे खोला ८ करोड, ३५ लाख, संक्रम खोला ८ करोड ७ लाख, कुटवा खोला, ४ करोड १० लाख र पत्रे खोलका लागि ४ करोड ३७ लाख बजेट छुटिएको कार्यालयले जनाएको छ ।

सर्बसाधारण सास्ती

कटुवा खोला पुल निर्माणका लागि पटक पटक नागरिक स्तरबाट दबाव दिदा समेत ठेकेदारले कुनै पहल नगरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो । जसका कारण सर्वसाधारणहरु सास्ती भएको बषार्ताका समयमा बाढी र हिउदाको समयमा धुवा धुलोबाट आक्रान्त बनेको भुषाललको भनाई छ वर्षाे सम्म निर्माणाधिन योजनाहरु सम्पन्न हुन नसक्दा सवारी आवगमन संगै स्थानिय हिड्डुल गर्नमा निकै समस्या भएको घोराही उहाँले वताउनुभयो ।पटक पटक म्याद थपेर निर्माण हुन्छ । भन्नेर भने पनि अहिले सम्म थपिएका म्याद धेरै सकिए तर एउटा पनि योजना सकिएका छैन । जसका कारण जनताले विकासका नामा धेरै समस्या खेप्न बाध्य भएको बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्