काठमाडौं। कान्तिपुरले ‘कर्मचारीमाथि कर्के नजर’ शीर्षकमा समाचार छापेको छ। प्रतिनिधिसभा बिघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि सरकारले निगरानी गर्न थालेको समाचारमा उल्लेख छ ।
स्रोतका अनुार मन्त्रालयका सचिवहरुमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरे नगरेको रेकर्डलाई निगरानी राख्न थालिएको छ।
केपी ओलीको प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा लागेका कर्मचारीलाई सरुवा गर्नेसम्मको धम्की पनि दिन थालिएको छ।
नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको प्रदर्शनमा नजान दबाब दिइएको कर्मचारी संघ संगठनका नेताहरुले बताएका छन्।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।