जेठ,२६
च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ । गएराति भारतले दिएको ३ सय २२ रनको चुनौती श्रीलंकाले खेलमा ८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रन जोडेको थियो ।
श्रीलंकाको यो जितसँगै समूह बी बाट सेमिफाईनल प्रवेशको सम्भावना निकै रोचक बनेको छ । समूहका सबै चार टोली भारत, दक्षिण अफ्रिका, श्रीलंका र पाकिस्तानको समान २ ÷२ अंक भएको छ । अन्तिम खेलपछि जुनसुकै टोली सेमिफाईनलमा प्रवेश गर्न सक्नेछ । समूहको अन्तिम खेलमा भारत र दक्षिण अफ्रिका तथा पाकिस्तान र श्रीलंका भिड्नेछन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।