मुख्य समाचार

प्रचण्ड समुह त्यागेर ओलीकै पक्षमा उभिए केन्द्रीय सदस्य थापा,

By Thah Online

January 24, 2021

काठमाडौं, माघ ११ । पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा लागेका नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कनुभएको छ । थापा पूर्वलडाकुहरुको टिमसहित आज ओली नेतृत्वको नेकपामा फर्कनुभएको हो ।

पार्टी विभाजनपछि प्रचण्ड पक्षको बैठकमा भाग लिएर केही कार्यक्रममा समेत भाषण गर्नुभएका थापा प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीको पक्षमा खुल्नुभएको हो । देशको अतिक्रमित भूमिको नक्सांकन र फिर्ता ल्याउने प्रक्रिया थालेको तथा विगतमा पनि राष्ट्रियताको पक्षमा प्रधानमन्त्री ओलीले दृढतापुर्वक अडान लिएकोले प्रचण्डको साथ छाडेर ओलीलाई नै साथ दिएको थापाले बताउनु भयो ।थापाले राष्ट्रवादको अडान लिएकोमा बालुवाटारमा पूर्व लडाकुहरुले ओलीलाई सलामी दिएको बताउनु भयो । बागलुङ जिल्ला विकास समितिका पूर्वसभापति समेत रहनुभएका थापा नेकपा मसाल छाडेर तत्कालिन माओवादीमा प्रवेश गर्नुभएको थियो । उहाँले प्रचण्ड नेतृत्वको समुहबाट मुलुकको बर्वादीबाहेक केही नहुने प्रष्टै तस्विर आइसकेकोले आफू सो समुह छाडेर मुलधारको नेकपामै फर्किएको प्रष्ट पार्नुभयो ।