अखील (क्रान्तीकारी) रुकुमपश्चिमका नेता पुन द्दारा संगठन परित्याग(बिज्ञप्तीसहीत)



माघ११,रुकुम पश्चिम। बिप्लब नेतृत्वकाृ नृकपा निकट अखील(क्रान्तीकारी)रुकुम पश्चिम जिल्ला कमीटीका सदस्य गोबीन्द पुन मगरले अखील (क्रान्तीकारी)को जिम्म्ेवारीबाट मुक्त भएको एक बिज्ञप्ती मार्फत जानकारी गराएका छन। लामो समय देखी बिद्यार्थी राजनीतमिा सक्रीय पुनले आईतबार एक बिज्ञप्ती जारी गर्दै आफु आबद्द बिद्यार्थी संगठन आजै देखी परित्याग गरेको बताएका हुन।पुनले बिज्ञप्तीमा भनेका छन।‘रुकुम जिल्ला कमिटी जुन शैक्षिक क्षेत्र मा गर्नुपर्ने कामप्रति तगरुप्ता देखाउन नसकेको र जिल्ला कमिटी नै शैक्षिक माफिया हरुसग साट्गाठ गर्ने स्थितिमा पुगेकोले मैले समयसमयमा सच्चिन अनुरोध गर्दा पनि सच्चिन नसकेको ले म यस्मा बसिरहन उचित नठानेकोले मैले आज मिति २०७७ साल माघ ११ गतेका दिन अखिल क्रान्तिकारी जिल्ला कमिटी ले दिएको जिम्मा बाट रजिनामा दिई म स्वतन्त्र भएको घोषणा गर्दछु ।’

   प्रेस विज्ञप्ति                                                                                                                                              मिति :-२०७७/१०/११
सम्पुर्ण रुकुमेली जनसमुदाय..

म लामो समयसम्म विप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारी को जिल्ला सदस्य (अतिरिक्त बिभाग प्रमुख )तथा चौरजहारी न पा को सयोजक भै निरन्तर विद्यार्थी को हितक लागि काम गर्दै आएको थिए ।एकीकृत एकीकृत जनक्रान्तिको कार्यदिशा बोकेको म एक इमानदार का साथ विद्यार्थी राजनीति मा लागेको थिए । शैक्षिक दलालहरुको अन्त्यसगै पुजीवादी शिक्षा र बुर्जुवा शिक्षा को अन्त्य गरेर बैज्ञानिक ,व्यवहारिक,अनुसन्धान र शिपमुलक शिक्षा प्राप्त गर्न संघर्ष मा उत्रिए को म एक निष्ठावान र कर्तव्यनिष्ठ भएर अखिल क्रान्तिकारी मा काम गर्दा अखिल ले रुकुम पश्चिम का थुप्रै विद्यालयहरुका विद्यार्थी हरुको समस्या हल गर्ने र शैक्षिक दलालहरुलाई कार्वाही गरेर निकै उम्दा काम गरेको थियो। तर पछिल्लो समएमा रुकुम जिल्ला कमिटी जुन शैक्षिक क्षेत्र मा गर्नुपर्ने कामप्रति तगरुप्ता देखाउन नसकेको र जिल्ला कमिटी नै शैक्षिक माफिया हरुसग साट्गाठ गर्ने स्थितिमा पुगेकोले मैले समयसमयमा सच्चिन अनुरोध गर्दा पनि सच्चिन नसकेको ले म यस्मा बसिरहन उचित नठानेकोले मैले आज मिति २०७७ साल माघ ११ गतेका दिन अखिल क्रान्तिकारी जिल्ला कमिटी ले दिएको जिम्मा बाट रजिनामा दिई म स्वतन्त्र भएको घोषणा गर्दछु ।
अत: म सधैं पुजीवादी शिक्षा ,बुर्जुवा शिक्षा तथा शैक्षिक दलालहरुको विरुद्ध मा लडिरहने र बैज्ञानिक ,व्यवहारिक,अनुसन्धानमुलक,सिपमुलक र समाजवादी शिक्षा प्राप्तको निम्ति विद्यार्थीको पक्षमा भै सधैं संघर्ष गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

जिल्ला सदस्य( अतिरिक्त बिभाग प्रमुख )तथा चौरजहारी नगर संयोजक
गोविन्द पुन मगर(क.विपुल/अभिज्ञ)रुकुम पश्चिम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्