१८ जना नेपालीको शव नेपालमा आएपश्चात देशभर तरङ्ग



११ माघ , काठमाडौँ |  मलेसियाबाट हिजाे  १८ जना नेपालीको शव नेपाल ल्याइएको बिषमा राेजगार प्रति गुनासाे बढेकाे छ  । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो । उक्त लाश नेपाल ल्याए लगत्तै देशभर एक  किसिमकाे तरङ्ग मच्चिएकाे छ । बैदेशिक राेजगार प्रति प्रश्न ठडा भएकाे छ । देशमा भएकाे बेराेजगारी समस्याले देशकाे जनशक्ति यसरी बन्द बाकसमा आउनु परेका हाे ।

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको हाे  ।

शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए । शव बुझ्न गएका आफन्तको रुवाबासीले  विमानस्थलको अवस्था शोकमग्न थियो । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आएपनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको थियाे  । यस बारेमा सम्बन्धित निकायकाे ध्यान पुग्न जरुर देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्