राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै संवैधानिक इजलासमा निवेदन



११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । तर त्यसको सूचना राजपत्रमा प्रकाशित भएन ।

यसबारे वकिलहरुले प्रश्न उठाएपछि संसद विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले राजपत्र पेश गर्न निर्देशन दिएको थियो । त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरेर गत शुक्रबारको इजलासमा पेश गरियो ।

यसबारे आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रश्न उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोके । उनले निवेदन आएको भन्दै अहिले बहस नगरौं भन्दै रोकेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्