युवा नेता ज्ञवाली द्वारा तिलाैराकाेट माध्यमिक विद्यालयमा मास्क वितरण



धनी राम काेरी
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं. ६ मा रहेको श्री तिलाैराकाे माध्यमिक विद्यालय का बालबालिकाहरुकाे लागि ७ सय माक्स बालबालिका हरुलाई वितरण गरिएकाे छ । लुम्बिनि बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको पहलमा ती बिद्यालयलाई माक्स बितरण गरिएको हो ।

 

लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभड नियन्त्रण अभियान अर्न्तगत अाज तेस्रो दिन अाइतवार श्री तिलाैराकाे माध्यमिक विद्यालय मा मास्क वितरण गरिएको हो ।

स्वास्थ्य नै सबै ठुलो धन हाे भन्ने मुल नारा काे साथमा विद्यालय हरु मा माक्स वितरण अभियान लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीले सुरु गर्नु भएको छ ।

माक्स अनिवार्य लगाउनु पर्छ किन कि काेराेना भाइरस बाट बचाउ छ अनि धुलाेधुवा साथसाथै अन्य राेगहरु बाट माक्स बचाउ छ युवा नेता राजेश ज्ञवालीले बताउनु भयो ।

माक्स बितरण कार्यक्रममा लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवाली , नेपाल परिवार नियाेजन संघ का प्रतिनिधि विनोद अधिकारी , संचारकर्मी डा. सतिश उपाध्याय , श्री तिलाैराकाेट माध्यमिक विद्यालय का प्रा. अा. संजय कुमार बर्मा र बिद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

माक्स वितरण अभियान काे पहिलो दिन , दाेस्राे दिन अनि तेस्रो दिन अभियान क‌ै कर्ममा तिलाैकाेट माध्यमिक विद्यालयमा माक्स वितरण गरिएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्