साहित्य/कला

कविताः”प्रम जूँ लाई खुला पत्र”

By Thah Online

January 24, 2021

राज कुमार कार्की

प्र म जूँ आयो वै रो व्यवसायीको खुला पत्र। वै रो व्यवसाय सब पर्‍यो अहिले अलपत्र ।।

फेल हुनेले बनाय नियम कानुन बार्षिक सय।

त्यस्ता नियम कानुन अहिले सम्म किन लागु भए।।

कानुन बनाय पहिले कमा र वा कलम रडकाएर । सबले गाली गर्छन् जहिल्यै किन जिब्रो पडकाएर।।

प्र म जूँ ले बुझ्नु भएको छ सब हजुर भित्री चुरो। अपठ्यारा गाठा फुकाई दिनुहोस यही छ मुख्य कुरो ।। सरोकार-वाला निकाय सँग सल्लाह नगरि बन्यो कानुन। बिचरा नेपाली जनताले यस्तो कुरो कसरी जानुन ।। चुन्द्रे मुन्द्रे सबले दु:ख दिन्थे हजुर पहिले-पहिले। ठ्याक्कै त्यस्तै समय आयो है हजुर फेरि अहिले।।

बनाय तात्कालिन मन्त्रीले जबर्जस्त फ्री भिसा टिकट । बनाउन खोजेका थिय सिन्डिकेट राखेर आफू निकट ।। प्र म जूँ हेर्नु होला दक्षिण एसियाली बै रो नियम कानुन। भन्नु भएको थियो सब्जि वालीले पनि काम गर्न पाउन ।। धेरै कोटा नेपालको अहिले अरु देशमा नै गयो। भन्छ्न रोजगार दाता तिम्रो देशको एकलकाटे कानुन भयो ।। राम्रो हो यो पेशा एकलौटी कानुनले बनायो सबलाई ठग। गाली गलोज गर्दछ्न जहिले निच खानदान हुनेले तब ।। आसुको मुल्य कति हुन्छ मात्र बुझ्छन् दु:ख पाई रुनेले। कुरो बुझ्नु पर्दछ सिंहदरबार देखि बालुवाटार शितल निवास हुनेले ।। प्र म जूँ करोडौंको नै बैंक ग्यारेन्टी राखेको छ पहिले। दु:ख पाएका छन् व्यवसायीले पचास लाख नगद फिर्ता होस अहिले ।। व्यवसायी ठग हैनन् एकलौटी नियम कानुनले बनायो ठग। केही त गरिदिनु होस प्र म जूँ चुपचाप नबसी अब।। व्यवसायी सब आन्दोलन गर्न बाध्य भए अब। फिर्ता हुदैन आन्दोलन माग पुरा हुदैन सम्म जब ।। सभ्य भएर लाइक कमेन्ट सेयर गरि भरि दिनु झोला। गाली गलोज गरि लेख्दा अकुलिन रहेछ यो भन्छन् होला।। गालीगलौज गरि लेख्दा कोही है हुन्न ठूलो। बन्द नगर्नु होला आफ्नो स्वर्ग जाने दुलो ।।

राम्रो काम गरे सबको कम्तिमा एक मलामी बढ्छ। कुरा बुझि दिनु होला प्र म जिउ नत्र रेमिटेन्स घट्छ।।

लैजा चरी हावा सरि है यो खुल्ला पत्र। छोडिदे सिंहदरबार देखि बालुवाटार भित्र ।। धन्यवाद ।