प्रदेश १

प्रदेश१का मुख्यमन्त्री राईले कसे लगनगाँठो  

By Thah Online

January 24, 2021

माघ११,काठमाण्डौ।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् ।  मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो ।  ४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । 

२० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ ।  राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ ।