टप फिचर

नेकपाले संसद विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने

By Thaha - Online

January 24, 2021

काठमाडौं। नेपाल कम्युनिस्ट (नेकपा) ले संसद विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ। सोमबार अर्को चरणको कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी गंगालाल तुलाधरलाई दिने निर्णय पनि गरेको छ। त्यस्तै मोहनकुमार गौतमलाई कार्यालय उपसचिव तोकेको छ। अर्का एक उपसचिव पनि थपिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकले प्रदेश, जिल्ला स्तरका रिक्त पदाधिकारी र सांगठनिक एकताका बाँकी काम टुंग्याउने जिम्मेवारी सचिवलायलाई दिएको छ।