ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन



काठमाडौं। प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको उच्च श्रोतले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटि बैठक आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो। आजको स्थायी कमिटि बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको आगामी रणनीतिबारे छलफल हुने बताइएको थियो। यो समूहले माघ ९ गते काठमाडौँमा विशाल जनप्रदर्शन गरेको थियो।

नेकपाको यो खेमाले साधारण सदस्य समेत नरहने गरी किन कारबाही नगर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण सोधेको थियो। तर ओलीले त्यसको कुनै जवाफ दिएका थिएनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्