२०४७ को संविधान र राजसंस्था तत्काल पुनःस्थापना गर्न माग



काठमाडौं । विसं. २०४७ को संविधान र राजसंस्था पुनःस्थापनको माग गर्दै माइतीघरमा जुलुस निकालिएको छ ।

देशभक्त प्रजातान्त्रिक गठवन्धन तथा संयुक्त आन्दोलन समितिले २०४७ सालको संविधान तत्काल लागु गर्न माग गर्दै जुलुस निकालेको हो ।

माइतीघर मण्डलबाट निकालिएकाे जुलुसमा भाडाका कार, ट्याक्सी तथा माेटरसाइकलसहितकाे सानाे समूह रहेकाे छ । जुलुसमा राजसंस्था पुनः स्थापना गर, २०४७ सालकाे संविधान तत्काल लागू गर जस्ता नारा लगाइएकाे छ । आन्दोलनको सुरुवात गरीएको र निरन्तरको आन्दोलनले २०४७सालको संबिधान पुर्नस्थापना गरी छाड्ने देशभक्त प्रजातान्त्रीक गठबन्धनका संयोजक घनश्याम भण्डारीले बताएका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्