वृद्धाश्रम र जेलमा रहेकालाई पहिलो चरणमै कोरोना खोप दिईने



माघ ११,काठमाडौं । सरकारले वृद्धाश्राममा रहेका र हेरचाहमा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई पहिलो चरणमा कोरोना भाइरसविरुद्ध खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जेलमा रहेका कैदी र सुरक्षाकर्मीका साथै वृद्धाश्राममा रहेका र हेरचाहमा खटिने कर्मचारीलाई पनि पहिलो चरणमै कोरोना भाइरसविरुद्ध खोप दिने निर्णय गरेको जानकारी दिनुभएको हो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ माघ १४ गते बुधबार १० बजेदेखि लगाउन सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिने सरकारको योजना छ । १० दिनभित्र पहिलो चरणको खोप अभियान पूरा गर्ने सरकारको लक्ष्य रहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलन र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने सरकारको लक्ष्य छ ।

मन्त्री त्रिपाठीले आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्