पूर्वमाओवादी सबै लडाकुहरु हाम्रो नेकपामा आउँछन्ः बस्नेत



विभाजित नेकपाका नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गरे ।

एक प्रसङ्गमा उनले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाललाई जिम्मा दिइए पनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्