आगामी तीन दिनको मौसम पूर्वानुमान



माघ १२ गते (सोमबार)

दिउँसो : देशका प्रदेश न. १,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती : प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ १३ गते (मंगलबार)

दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : लुम्बिनि प्रदेशको भू-भाग अनि प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १४ गते (बुधबार)

दिउँसो प्रदेश न. १ मा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का हिमापाको संभावना रहेको छ।

राती : लुम्बिनि प्रदेशको भू-भाग अनि प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्