प्रदेश ५

वडाध्यक्षलाई मार्ने धम्किप्रति राजपुर काँग्रेसको भत्सर्ना

By Thah Online

January 25, 2021

टेकबहादुर पुन

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिम बहादुर खड्कालाई प्रधानाध्यापकले दिएको धम्किप्रति नेपाली काँग्रेस राजपुरले घोर भत्सर्ना गरेको छ ।

नेपाली काँग्रेस राजपुर गाउँपालिकाका सभापती शरद कुमार बुढाथोकिले शिक्षक जस्तो मर्यादित पेशामा रहेर अभद्र व्यवहार गर्नु लज्जासपद भएको बताए । ‘वडाध्यक्षलाई ‘मार्छु’ भन्नू प्रअको भुल हो, यस्तो बोली उनले फिर्ता लिनु पर्छ, हैन भने हामी कानुनी कारबाहीमा जान बाध्य हुनेछौ’ सभापती बुढाथोकिले भने । राजपुर स्थित माबि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले वडाध्यक्ष भिमबहादुर खड्कालाई सिफारिसको बारेमा मार्छु भन्दै धम्कि दिएका थिए ।

समबन्धित निकायको ध्यानाकर्षण गराउँदै सभापती शरद कुमार बुढाथोकिले धम्कि दिने प्रधानाध्यापकलाई हदै सम्मको कारबाहीको माग गरेका छन् ।