अन्ततः WHO ले स्वीकार गर्यो मदीना मुनव्वरा विश्वकै स्वस्थ शहर



शाहिदा बानों/बांके
हुन त मैले आफ्नो पछिल्लो लेखमा प्रष्ट पारिसकेकी छु तथापि यहांहरुलाई स्मरण गराउन चाहें कि ।

त्यो शहर जसको बारेमा फरमाने नबीपाक अलैहिस्सलाम छ र स्वयं अल्लाहले फरमाउनु भयो कि मेरो महबूब सच्चा हुन् ।

यो त्यही स्थान हो जसको बारेमा नबीपाक अलैहिस्सलामको फरमान आलिशान छ कि “यहां (मक्का शरीफमा) दज्जाल र महामारी पस्न सक्दैंन् । ” जसको बारेमा हाल WHO विश्व स्वास्थ्य संगठनले पनि healthy city भनी दाबी गरी संसारकै स्वास्थ्य शहर भनेछ । थाहा छ त्यो शहर कुन ठांउ हो र कहां पर्छ । त्यो साउदी अरबको मदीना शरीफ हो ।

तर ती साउदी शासनहरुको इमान कति कमजोर थियो कि फरमाने नबीपाक माथि विश्वास गरेन्न् । आंखा कति कमजोर थियो कि WHO ले देख्न सक्ने शहरे मदीना शरीफको गुण साउदीका शासनवर्ग, स्वास्थ्य विज्ञ र सरोकार वालाले देख्न सकेन्न् ।

यहां यी यावत कुरालाई मनन गर्दा एउटा कुरा प्रष्ट भयो कि साउदी शासकहरुले इमान त कमजोर हुने कार्य गरे नै साथै उनीहरु प्रविधिका दास भए अनि आफ्ना शक्तिशाली आकाहरुलाई खुशी पार्न 2020 मा हजमा जान रोक लगाए । इमान दुरुस्त गरिहाल्नु नत्र मरेपछि सब धन सम्पति शक्ति यही रहन्छ साथ केवल इमान र अमल मात्र जान्छ । तब त्यहां के गर्छौं ?

#सन्_२०२०_साल_र_हज

मलाई चित्त नबुझेको र चित्त दुखेकोले लेख्न बाध्य भए । हुन सक्छ मेरो भनाइ धेरैलाई नपच्न नि सक्छ तर धेरैले मेरा कुरालाई मनन गरी सत्यलाई स्वीकार पनि गर्नेछन् भनी आशा छ ।

यस वर्षको हज र हजका अरकान अदा गर्ने बेला गरिएका कृयाकलापले मेरो चित्त दुखेछ । अल्लाहमाथि यो कस्तो इमान हो कि उसको पाक घरमा जहांको बारेमा भनिन्छ कि “न त्यहां कुनै वबा(महामारी)रोग, न दज्जाल दाखिल हुन सक्छ ।”
जहां जानु पुर्व अल्लाह फरमाउनु हुन्छ कि ” ऐ बन्दाहरु तिमी संसारिक मोह,माया, लोभ ,लालच ,भय ,डर, त्रास सब छोडेर मात्र मेरो घरमा मात्र मेरो लागि दुई टुक्रा कपडा अहराममा आऊ र भन लब्बाऐब अल्लाह हुम्मा लब्बाऐक लाशरी क लका लब्बाऐक म तिमीलाई मुक्ति दिन्छु ।”

त्यो पाक दर र अल्लाहको पाक घरमा हाजीहरु मुखमा मास्क लगाएर भुईमा खिचिएका लाईनमाथि हिड्दै तवाफ गरे । जुनकि गवाही दिन्थ्यो कि तवाफ गरिरहेकाहरुलाई अल्लाहको पाक घरमा उभिएर पनि अल्लाह भन्दा मास्क र खिचिएका लाईनमाथि बढी विश्वासको यो कस्तो इमान हो खै बुझ्न सकिएन् ?

अब केही बुद्धिजीविले भन्लान् कि कोभिड-१९ कोरोना भाईरसका कारण यस्तो गर्नु नै उचित थियो । म उनीहरुलाई बिर्सिसकेका कुरा स्मरण गराउन चाहन्छु । जब अल्लाहको फरमान छ कि काबा शरीफमा कुनै महामारी र दज्जाल पस्न सक्दैन् भने किन अल्लाहको फरमानमाथि विश्वास गरिएन् ? जब अल्लाहको फरमान छ मेरो घरमा आउ म मुक्ति दिन्छु तब किन यो विश्वास गरिएन कि रोग लाग्नु त परै जाओस् लागेका रोगबाट पनि मुक्ति प्राप्त हुनेछ ? जब अल्लाहको फरमान छ कि जमजममा शिफा छ तब किन विश्वास गरिएन् ?

त्यहां हजका अरकान अदा गर्न हाजिर हुनेहरुलाई हरेक तवरले जांच गरेर मात्र हरममा पठाउदां पनि हाजीहरुलाई काबा शरीफको गिलाफ र जमजम नजिक कुनै कुरा छुने अनुमति थिएन् । यहां सम्म कि सैतानलाई हान्ने कंकड समेत सेनिटाईज गरेर दिईन्थ्यो । हरम शरीफ जो आफैमा शिफा र मुक्ति पाउने पाक स्थान त्यहां सेनिटाईज गरिन्थ्यो । जुन विश्वास अल्लाहमाथि हुनु पर्ने त्यो विश्वास मास्क र सेनिटाईजर माथि भइदियो ।

थाहा छ यस्तो गर्नुको अर्थ के हो ? यसको अर्थ यो हो हामी विज्ञान र प्राविधीको दास हुनुका साथै अल्लाहलाई खुशी पार्नुको सट्टा संसारका शक्तिशाली देशका शासकलाई खुशीपार्न सकृय भयौं ।

अल्लाह हाम्रो इमानको हिफाजत गरून् । हामीलाई आफ्नो अमानमा राखून् । हाम्रो रक्षा गरून् यही दुआ र सन्देशका विराम गरें ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्