कविताः मेरो प्रिय मान्छे



शिव गिरी।

भाग  १
  मेरो  मान्छे
मेरो प्रिय मान्छे मा हरेक दिन बिहान
ठिक ९ ४० बजे त्यहि
गफाडी क्याफेको
कुर्सीमा बसेर तिमीलाई
कुरी रहेको छु

जुन कुर्सिमा बाट उठेर तिमीले
मलाई छोडेर गएकी थियौ
प्रत्येक बिहान सायदै त्यो
क्याफेको कामदारले
साफ गर्ला कि नगर्ला
मा रोज साफ गर्छु
ताकि
मेरा कुराले तिमीलाई
बिझाए जस्तै धूलाका कणले
नबिझाउन।
प्रिय मान्छे तिमीले जिकेर
पोखेको चियाले यी हात
जलेर पनि हातमा खाटा
बसी सके तर तिम्रो मायाले
जलेको यो मनको घाउ
अझै पनि आलै छन्

भाग २ 

 प्रिय मेरो मान्छे !
अक्सर ठन्डीको महिनामा
भक भक उमालेर राखेको
चिया एक्कासि,
जाडोमा रातभर ठन्डिएर
बसेको सिसामा खन्याउदा
चिरा परेर आउँछ
तर मेरो प्रीय मान्छे
तिमिलाइ कहिले भत्भती पोल्ने
माया दिइन न कहिले मनमै
चिसो पस्ने माया नै दिएको थिए
तर पनि कसरी चिरा परे तिम्रा मनहरु
दुई धुर्बमा??? प्रीय मान्छे ओ
प्रिय  मान्छे ??

प्रिय  मेरो मान्छे सम्झाउनु तिमिले
तिम्रा बेमतलवी यादहरुलाइ ! 
तिमी त टाढा गएर मलाइ सताइरहेकी छौ
तिम्रो यादहरु मैले नाउ आउ भन्दा नि
आएर प्रत्येक रातहरुमा सताइरहेका छ्न

मलाई क्याफेको साउजी भन्नुहुन्छ
अब आउदिनन उनी, दिलबाट हटाइदिनुस
साउजी तपाईले कहिलेकाही आफ्नो मर्जिले
जोडिएर बसेका निर्जिब कुर्सि त हटाउन सक्नु हुन्न
उनी त यो दिल भित्र बसेकी मान्छे हुन
१०औं पटक मेरो दिललाइ शल्यक्रिया गर्नुस
तर पनि उनिलाइ निकाल्न सक्नु हुने छैन

प्रिय  मान्छे कहिलेकाही तिमिले मेरो
खबर के छ भन्दा , मानौ चिरानको
काठलाइ धारिलो आरोले सोधिरहेको छ,
मानौ ढिकीले ओखललाई सोधिरहेको छ
किनकि चिरा नपार मलाई भनेर आरोले
कहाँ मान्छ र ओखलले जति ऐया आत्था
गरेनी ढिकिले कहाँ मान्छ र??

प्रिय  मान्छे मैले नि तिमिलाइ काँचका
गिलासलाई दराजमा हलुकोसंग राखे
जस्तो गरि यो दिलमा राख्नु पर्ने रहेछ
मैले त जबर्जस्ती नै यो दिलमा राख्न
खोजे त्यसले त आज दिल तरङ्गित
भएर चोइटिदै गैइरहेको छ प्रत्येक दिन
प्रत्येक रातहरु , सुन्यौ हैन तिमिले
प्रीय मान्छे ओ प्रीय मान्छे!!!!

भाग ३

प्रिय  मान्छे
झिसमिसेमा,
डाँडाको काँखमा डुबेको घाम
बिहानि पख शितल किरण
दिएर हरेक दिन उदय हुन्छ
मेरो  प्रिय मान्छे तिमी पनि
तिमी पनि आँखा बाट डुबेको
बर्सौ भयो ?
खै किन ? तिम्रो उदय
मेरो जीवनमा कहिले भएन
प्रिय मान्छे ओ प्रिय मान्छे
सुन्दैछौ मलाइ?

प्रिय  मान्छे तिमी त
बिज्ञान विषयमा दख्खल
मान्छे ? कसले भन्यो
सैधान्तिक ज्ञान व्यबहारमा
उतार्न सक्दिनौ?
तिमिले पनि मेरो प्रेममा
न्यटनको चाल सम्बन्धि तेस्रो
नियम ममा लागू गरेकी छौ!
मेरो ,”हरेक माया र सम्मान बराबर
तर तिरस्कार र घृणा “
दिएकि छौ!

प्रिय  मान्छे
पेण्डुलम घडिमा,
तलको भारले दायाँ बायाँ
गर्दा कुनै निर्धारित बलले
घडिको सुइ घुमाउछ
त्यसै गरि तिम्रा तिता मिठा
यादहरु आँखामा दायाँ बायाँ
मलाई बर्सौ अघि तिमिलाइ
भेटाएको र छुटाएको समय
तिर निश्चित बलले धकलिरहेको छ

भाग ४
प्रिय  मान्छे
जसरी बिहान सबेरै जंगल
सयल गर्न गएका पंक्षि
बेलुका बचेरा सम्झेर गुंड
फर्कन्छ्न !
हो जसरि मुग्लान पुगेर गाउ
घर अनि आमा सम्झेर
घर फर्कन्छ्न यात्रीहरु
त्यसै गरि फर्कन मेरो प्रिय
मान्छे मेरो
रोदन सम्झेर !!

प्रिय  मान्छे
जसरि रातले दिन
सित अनि दिनले
रात सितले ,
जसरि हिउँदले बर्सासित
अनि बर्साले हिउँदसित
आफुले गरेको बाचा पुरा
गरेका छ्न र त
निरन्तर चलेका छ्न
हो त्यसरि तिमिले नि
म सित बाचा गरेकि थियौ
आफ्नो बाचा सम्झेर प्रीय मान्छे
फर्कन मेरो प्यार सम्झेर

प्रिय   मान्छे
अचेल मलाइ
तिम्रो माया क्याफेको ग्राहक
अनि मेरो दिल क्याफे को
कुर्सि बराबर लाग्न थालेको छ
जो पनि आउछ्न थपक्क बस्छ्न
आफुलाइ तृप्त पार्छ्न
अनि सरासर आफ्नो बाटो लाग्छ्न
बिचारा कुर्सीको बेदना कस्ले
सुन्ने ? जो तिम्रो भार सहन कति
गार्‍हो भयो भनेर??
फर्कन प्रीय मान्छे
तिम्रो अतित सम्झेर

प्रिय   मान्छे
मिस्ठान अन्नले भरिएको पेटमा
त स्वादहिन जलको प्यास
अधिक हुन्छ भने तिमिलाइ
पनि सुख सम्पतिले भरिपुर्ण
होला के थाहा माया को
अभाव नहोला भनेर
जुन दिन यो ज्यानको
महसुस हुन्छ फर्किनु प्रीय मान्छे
आफ्नो न्यानो अंगालो
सम्झेर !!

©seeva

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्