साहित्य/कला

कविता :”तिमि त अब नयाँ बेहुलि”

By Thah Online

January 25, 2021

शिव गिरी। हिजैको दिन होइन तिम्रा हरेक कुरामा “हामि” भनेर जोडिरहन्थ्यो आज बिहान सबेरै देखि ” हामि”बाट तिमि र म हुदैछौ बर्सौ देखि जोडिएको तिम्रो र मेरो सम्बन्धलाइ “तिमि”बाट “तपाईं” भनेर नयाँ मान्छे चिन जान गरे जस्तै गर्दैछौ तिमि त अब नयाँ बेहुलि , नयाँ जिन्दगीको अपार शुभकामना!!

हिजै सम्म सधैं मेरो लागि खुलिरहने तिम्रो घरको दोस्रो तलाको दाहिने पश्चिम झ्याल, भोलिबाट सदासदाको लागि बन्द हुनेछ! अब त चुडेल भनेर चिच्याउदा, निधार खुम्चाएर ,मेरो घर हेर्ने दिन पनि भोलिबाट सिमित हुदै छ तिमि त अब नयाँ बेहुलि , नयाँ जिन्दगीको अपार शुभकामना!!

साँच्चि तिमिले मलाइ ट्याग गरेर लेखेका पोस्ट हटायौ हटाइनौ, सालौँ देखि डियर माइ लाइफ लाइफ लाइन भनेर खिचेका फोटो हटायौ कि हटाएनौ ? सालौं देखि मेरो ओठले चुसेको तिम्रो गुलाबि ओठमा बसेको जुठोलाइ कुनै किफाएति धनको लोभको साबुनले धोयौ कि धोएनौ? तिमि त अब नयाँ बेहुलि , नयाँ जिन्दगीको अपार शुभकामना!!

मेरा झुसे दारिले तिम्रा नरम गालामा रगड्दा चस्केको चस्काइ अनि मेरा अंकमालले तातिएका तिम्रा शरीरमा अतृप्त भोग बिलासि होलि वाइनले ठन्डा पार्यौ कि पारिनौ? बाहिर तिम्रा आगनमा रंङ्गि बिरङि फुल सजावटले तिम्रो घरको जघ्य सजिरहदा तिमिले किताबको पानामा राखेको मेरो सुकेको गुलाब झिकेर फाल्यौ कि फालिनौ? अब त तिमि नयाँ बेहुलि , नयाँ जिन्दगीको अपार शुभकामना!!

अबबाट तिमि त आफ्नो नाममा अरुको थर थप्दैछौ , तिमिले हातमा खोपेर लेखेर मेरो नामको अक्षर फेर्यौ कि फेरेनौ? तिमि त नयाँ बेहुली आफ्नो घर छोडेर पराइको घर सजाउन जादैछौ, अनि मेरो मनमा सजाएकि अनेको अपुरो भुसे सपना संस्कारको नाममा जलाछौ कि जलाउनौ तिमि त अब नयाँ बेहुलि , नयाँ जिन्दगीको अपार शुभकामना!!

म सित देवता साक्षी राखेर खाएर गरेका बाचा छिन भरमा तोड्न सक्छौ भने, बलेको अग्नि साक्षी राखेर पराइसँग जुनि काट्छौ कि काट्दिनौ जिवित आत्माले मन देखि पुकारि तिमिलाइ आफ्नो सोचेको थिए, जघ्यमा थपना गरेको गणेशलाइ साक्षी राखेर अरुलाइ आफु सुम्पिन्छौ कि सुम्पिन्नौ तिमि त अब नयाँ बेहुलि , नयाँ जिन्दगीको अपार अपार शुभकामना!!