माघ १२, काठमाडौँ । बैदेशिक रोजगार विभागले म्यानपावरमा छापा मारेकाे छ । काठमाडौँको सिनामंगल स्थित कल्याण सेक्युरिटी सर्भिस म्यानपावरमा बैदेशिक रोजगार विभागले छापा मारेकाे हाे । विभागले सोमाबार नेपालको श्रम नीतिलाई छलेर कतार पुलिसको लागि भारतको बाटो हुँदै नेपाली युवाहरुलाई चर्को लागतमा कतार पुर्याइएको भन्ने उजुरीको आधारमा छापा मारेकाे बताएकाे छ ।
पछिल्लो समय सिनामंगलको कल्याण सेक्युरिटी म्यानपावरबाट कतार जानको लागि दर्जनौं युवाहरुले कागज पत्र पेस गरेको भेटिएको छ । नेपालको श्रम नीतिलाई ठाडै चुनौती दिएर नेपाली युवालाई भारतको बाटो हुँदै अबैध रुपमा कतार पुलिसमा पठाउन लागिएको पाइएको हो ।
आइतबार म्यानपावर व्यवसायीले विभिन्न माग राख्दै वैदेशिक रोजगार विभागको कार्यालयमा धर्ना दिएका थिए । यसअघि कतार पुलिसको अवैध अन्तर्वार्ता लिनमा संलग्न बिभिन्न तीन म्यानपावर कम्पनीमा विभागले छापा हानेको थियो ।
वैदेशिक रोजगार बिभाग र बिभिन्न संचार माध्यमहरुले कतार पुलिसमा पठाउने क्रममा ९ देखि १५ लाखसम्म प्रतिव्यक्ति अशुली गरेको यसअघिनै खुलाशा भएको हो । जुन अशुलीको लागि अन्तर्वार्तानै गोप्य तरिकाले गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।