माघ १२ ,काठमाडौं । व्यवसायीहरुले राखेका माग वैदेशिक रोजगार विभागले सम्बोधन गर्ने भएकाे छ । वैदेशिक रोजगार विभागले व्यवसायीहरुले राखेका माग सम्बोधनको सिफारिश गर्न विभागका सूचना अधिकारी तथा निर्देशक टिकामणी नेउपानेको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा विभागका ४ र व्यवसायीका ३ प्रतिनिघि रहने बताइएको छ ।
कार्यदलमा रहने विभागका कर्मचारीको नाम विभागले सोमबार तया गर्ने छ भने संघले प्रथम उपाध्यक्ष कमल तामाङ, तृतीय उपाध्यक्ष किशोर केसी र महासचिव सुजित कुमार श्रेष्ठलाई पठाउने भएको छ । विभागले कार्यदलका लागि आधिकारीक पत्र पठाएपनि सोमबार प्रतिनिधि पठाउने संघको तयारी छ । कार्यदललाई एक हप्ताको समय दिइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।