टप फिचर

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा

By Thaha - Online

January 25, 2021

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको जनाएको छ। यसअघि बोर्ड माघ १० भित्र नतिजा प्रशासन गर्ने जनाएको थियो। केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायतका कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ। यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो ।

कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाएका छन्। मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो। यस वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो। त्यस्तै, ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधार लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ। सबै परीक्षार्थीलाई होम सेन्टर हुने गरी चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यस वर्ष जेठसम्म कक्षा सञ्चालन गरी असारमा परीक्षा गर्न सकिने बोर्डले जनाएको छ।