अमेरिकी राजदूत र दाहाल प्रचण्डसँग भेटवार्ता



काठमाडौं। अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। नेकपाको प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए।

सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन्। राजदूत बेरीले भेटपछि ट्वीटरमा लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ। मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु।’

अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले माघ ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। प्रचण्डसँगको भेटवार्तालाई पनि त्यसैको निरन्तरताका रुपमा भएको उल्लेख गरेका छन्। यस्तै प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयपछि उत्पन्न राजनीतिमा अन्योलताबारे पनि कुराकानी भएको बुझिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्