अचम्मका कुरा

कुखुरालाई आठ महिना जेल !

By Thaha - Online

January 25, 2021

एजेन्सी। कुखुरालाई पनि जेलमा राखिन्छ भन्दा भन्ने सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ। तर, यो घटना वास्तवमै सत्य हो।

पाकिस्तानको सिन्ध प्रान्तकोघोटमी जिल्लामा एक कुखुरोलाई आठ महिना जेलमा राखिएको छ। एक स्थानीय अदालतले उक्त कुखुरोलाई आठ महिनापछि जेलबाट रिहा गरेको हो।

आठ महिना अगाडि लडाइँका बेला केही मानिससहित केही कुखुरालाई पनि गिरफ्तार गरिएको थियो।

तर कसैले पनि आफ्नो कुखुरा हो भन्दै नआएकोले उनीहरुलाई पनि जेलमै राखिएको थियो। तर केही दिन अगाडि त्यहाँका जफर मीरानीले अदालतमा मुद्दा हालिन्, त्यसपछि उनका कुखुरा रहेको पत्ता लाग्यो। लगत्तै अदालतले कुखुरालाई पनि रिहा गरेको थियो।