राेचक

दोस्रो बच्चाको आमा बन्दै करिना (हेर्नुहोस् तस्वीर)

By Thaha - Online

January 25, 2021

एजेन्सी। चर्चित बलिउड अभिनेत्री करिना कपूर दोस्रोपटक आमा बन्ने भएकी छन्। करिनाले आफू दोस्रो पटक आमा बन्न लागेको पुष्टि गर्दैै इंस्टाग्राममा केही तस्वीर पोष्ट गरेकी छन्। तस्वीरमा उनी योगा गरिरहेको देख्न सकिन्छ।

सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ। करिना र सैफको छोराको नाम तैमुर अली खान हो। तैमूर अहिले ४ वर्षका भए। सैफ र करिना हालै नयाँ घरमा सरेका छन्। पहिलाको घर सानो भएको भन्दै उनीहरु नयाँ घरमा सरेका छन्। उनले नयाँ घरको तस्वीर पनि इंस्टाग्राम सेयर गरेकी थिइन्।