श्रीमति लिन दाङ गएका बझाङका विक बेपत्ता, आफन्त भन्छन्, ‘रुकुमको नवराजको जस्तो लक्ष्मणको हालत नहोस्’



काठमाडौं । बझाङका एकजना युवक दाङबाट बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका ४ गोलाईका २० वर्षीय लक्ष्मण विक माघ ४ गते दाङस्थित ससुरालीको घरबाट सम्पर्कविहिन भएका हुन् । उनको परिवारले दिएको जानकारी अनुसार उनी दाङ, तुलसीपुर नगरपालिका वडा नं १८ मा रहेको ससुराली घर गएका थिए ।

विकले एकवर्ष अघि दाङकी गायत्री कुमालसँग विवाह गरेका थिए । विवाहको पाँच महिना जति बझाङ बसेर गायत्री माइती गएकी र त्यसपछि बझाङ फर्किन नमानेको वेपत्ता लक्ष्मणका बुवा हरी कामीले बताए ।

माघको पहिलो हप्तातिर काठमाडौंमा रहेका लक्ष्मणलाई गायत्रीले नै लिन आउन भनेर फोन गरेको तर उनी त्यहाँ जाँदा गायत्री उनी नभेटिएपछि फोनमा दुईजनाबिच भनाभन भएको बुझिएको छ । विककी आमा भन्छिन् ‘अब लिन आइज भनेर बुहारीले नै फोन गरेर बोलाएकी हुन्, तर बुहारी घरमा नभेटेपछि दुईजनाको फोनमा भनाभन भयो ।

अनि लक्ष्मण फोन पनि त्यही छोडेर हिडेको हो’ । तर लक्ष्मणको आजसम्म केही खवर छैन । श्रीमति लिन गएर हराएका लक्ष्मणको खोजीको लागि दाङ प्रहरीमा उजुरी दिएको तर हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तामा परेका परेका छन् ।

पत्रकार गणेश विक भन्छन् : ‘मेरो भाईले अन्तरजातीय विहे गरेको हो, पश्चिमरुकुम जस्तै याे घटना नदाेहाेरियाेस् । किनकि लक्ष्मणका ससुराली पक्षले दलित भनेर मेराे भाईलाई घर भित्र बस्न दिएको थिएन् । मेराे भाइ ससुराली गएपनि कि त अरुकाे घरमा बस्नु पर्ने बाध्यता या त हाेटलमा बाँसबस्नु गर्नु पर्ने बाध्यता रहेको थियोे ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्