राहदानी बुझिलिन मलेसिया स्थित नेपाली दूतावासकाे आग्रह



माघ १३, काठमाडौँ । मलेसिया स्थित नेपाली दूतावासले सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलिएका राहदानी बुझिलिन भनेको छ । उक्त मितिमा बनेका १९७४ राहदानीहरु सम्वन्धित व्यक्तिले ३ महिना भित्र बुझीलिन सक्ने भएका हुन् ।

नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी राजदूतावासमा छ कि छैन भनेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउनका लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।

सन् २०१३ देखि २०१८ सम्म बनी हालसम्म राजदूतावासमा रहेका १९७४ राहदानीहरुको विवरण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्