विपन्न बस्तीमा नेता चौधरी र कर्माचार्यको न्यानो उपहार



सिरहा लहान १४ माघ । सिरहाको लहान नगरपालीका १३ स्थित बिपन्न बस्तीमा महेश चौधरी र संगीता कर्माचार्य की जोडीले कम्बल बाँडेका हुन । चिसोले मजदुर, वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन् ।

बाक्लो हुस्सु र पश्चिमी चिसो वायूका कारण बिगत केहि दिन देखि मधेसमा जनजीवन प्रभावित छन। उक्त वडामा गरीब, दलित, बिपन्न तथा एकल महिलाहरु लाई चिसो बाट बच्न को लागी म.स. जोड़ी द्वारा ६० जना लाई कम्बल बितरण गरिएको स्थानीय श्री राम राउत र अनिता राउतले जानकारी दिनु भयो ।
दैनिक ज्याला ,मजदुरी गर्ने वृद्धवृद्धा ,युवा युबति र बालबालिका बढी समस्यामा परेका छन्। बाक्लो हुस्सु र चिसोका कारण काममा जान सकेका छैनन् भने विपन्न समुदायलाई मुस्किल भएको छ।

अत्याधिक चिसोले जनजीवन प्रभावित भएको बेला मस जोडी महेश चौधरी र संगीता कर्माचार्य ले ६० जनालाई न्यानो कम्बल बाँडन जादा स्थानीयले नेता चौधरी र कर्माचार्य लाई स्वागत गरेका थिए।

नेता चौधरी र कर्माचार्यका अनुसार माननीय सांसद प्रदीप गिरी र एपोलो ओम बोर्डिङ स्कुलद्वारा दिईएको आर्थिक सहयोगले राहत स्वरुप कम्बल बितरण गरिएको उनले बताए ।
स्थानीय निकाय मौन भएको बेला मस जोडीको यस अभियानले चौतर्फी रुपमा चर्चा बटुलेको छ । पछिल्लो समय गरेको कामहरु जग्जाहेर नै रहेको स्थानीय हरुले बताए हुन् । बुधबार सिरहाको खप्टे डाडामा कम्बल वितरण गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्