प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा तरुण दल मोरङका कोषाध्यक्ष रिजाल पक्राउ



विराटनगर। नेपाली कांग्रेस निकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा उनी सोमबार पक्राउ परेका हुन्। विराटनगर महानगरपालिका- २ घर भएका ३९ वर्षीय रिजाल विरुद्ध पुस २२ गते किटानी जाहेरी परेको थियो ।

स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल हिरासतको अवधि अस्पतालमा बस्ने भन्दै प्रहरी कार्यालयमा हाजिर भएका हुन्। कांग्रे भित्र राम्रो पडक राख्ने रिजाल जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएपछि कोशी अस्पताल भर्ना भएका थिए। अस्पतालमै राखेर प्रहरीले पाँच दिनको म्याद पनि थप गरेको छ।

पुस १५ गते रिजालले पेसाले डाक्टर रहेकी बस्नेत थरकी प्रेमिकालाई निर्घात कुटपिट गरेका थिए। कुटपिटका कारण प्रेमिकाको दाहिने हातको औला भाँचिएको छ। विवाहित रिजाल सम्बन्धविच्छेद गरेर बसेकी ती डाक्टरसँग विवाह गर्ने भनी भन्दै नजिकिएका थिए। पीडित युवतीले पटक पटक गरेर आफ्नो दशलाख रुपैयाँ पनि रिजालले लगेको दावी गरेकी छन्।

‘सम्पत्ति देखेर नजिकिएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ‘दशैंयता नजिकिएका उनीहरुबीच पटक पटक विवाद भएको थियो।’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मानबहादुर राईले रिजाल पक्राउलगत्तै अस्पताल भर्ना भएको बताए। प्यारालाइसिसको समस्या देखाएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्