‘पूर्व जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता योद्धा अनि घाइते योद्धाको उद्धारकर्ता बन्न सक्छन् ?’ – श्रीपाइली



काठमाडौं। नेकपाका युवा नेता एवं पूर्व वाइसिएलका महासचिव सुबोधराज श्रीपाइलीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पूर्वजनमुक्ती सेनाको समस्या सम्वोधन नहुने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत् श्रीपाइलीले योद्धाहरुको नाममा ओलीले राजनीतिक स्वार्थ पूर्ति गर्न खोजेको आरोप लगाए।

माओवादी जनयुद्धलाई हत्या हिंसाको राजनीति देख्ने ओलीबाट पूर्वजनमुक्ति सेनाको उद्धारकर्ता बन्न नसक्ने उनले बताए। ‘जनमुक्ती सेनाका समस्या सम्वोधन गर्छु भनि अर्को भ्रम छरेको ‘माओवादी विचारलाई आतंककारी प्रशिक्षण भन्ने, महान जनयुद्धलाई हत्या हिंसाको राजनीति देख्ने, जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा मिलाउन हुन्न भन्ने गणतन्त्र चाहानेहरुलाई बयलगाडाको यात्री बुझ्ने, गलतका विरुद्ध बिद्रोह गर्नेलाई अराजक तत्व ठान्ने, गणतन्त्रका कमान्डर क. प्रचण्डलाई दिवास्वप्ना देख्ने संसारको महामुर्ख देख्ने खड्कप्रसाद ओली कसरी हाम्रो समस्या समाधानका नेता बन्न सक्छन ?’, सामाजिक सञ्जालमा श्रीपाइलीले भनेका छन्, ‘पूर्व जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता योद्धा अनि घाइते योद्धाको उद्धारकर्ता बन्न सक्छन् ? अहं यो उनको भ्रम अनि झुठको अर्को रोमाञ्चकता बाहेक केही हुन सक्दैन।’

उनले आफ्नो इतिहासलाई हेर्दै पूर्वजनमुक्ती सेनालाई ओलीको पछि नलाग्न पनि आग्रह गरेका छन्। पूर्वजनमुक्ती सेनासमेत रहेका उनले भनेका छन्, ‘पूर्वधार वा संगठनको नाममा छदमभेषी मनुवासँग सति जाने गद्दाररुसँग त भन्नू केही छैन। फेरि पनि म भन्छु हाम्रो आफ्नो धारमा संघर्ष गरौं। नमिलेका कुराहरु मिलाउन सबै लागि परौं तर हाम्रो गौरवपूर्ण बिगत कहिल्यै स्वीकार गर्न नसक्ने आजको युगमा निरंकुश बन्न खोज्ने ओली प्रवृत्तिपछि रक्तिम ईतिहास भएका योद्धाहरु कोहि नलागौं।’

श्रीपाइलीले जनमुक्ति सेनाका समस्या पुष्पकमल दाहाल प्रचण्डबाट मात्रै समाधान हुन सक्ने दाबी गरेका छन्। ‘प्रचण्ड गणतन्त्रको पिता हो तपाईं हामीले मानेको आदर्श हाम्रो नेता हो उहाँकै वरिपरि रहेर समाधान खोजौं भागेर वा बाटो बदलेर होइन, समग्रमा भन्नुपर्दा गणतन्त्र, संघीयता, राज्यको मुल कानुन संविधान आदि नम्मान्ने खडक नामका मनुवा आफ्नो मुल बुझाइबाट बदलिए होलान त ?’, उनले भनेका छन्। शनिबार प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल कार्यक्रम आयोजना गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्