जुम्लामा भीषण आगलागी, दुई दर्जनभन्दा बढी घर नष्ट



माघ १४,काठमाडौं।
जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार राति भीषण आगलागी भएको छ।

प्रहरीका अनुसार आगलागीबाट २५ वटा भन्दा बढी जलेर नष्ट भएका छन्।

जुम्ला जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीका अनुसार साँझ ७ बजे आगालागी सुरु भएको हो।

‘त्यहाँ ४०/४५ वटा फुसका घर रहेछन्,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘राति ९/१० बजे पुगेको प्रहरी टोलीले आगो निभाउने प्रयास गरिरहेको छ, तर अझै पूर्ण नियन्त्रणमा आएको छैन।’आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए। प्रहरी टाेली अहिले घटनास्थलमै छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

आगलागी के कारण भयो भन्ने कुरा पनि खुलिसकेको छैन। घटनास्थलमा अहिले रुवाबासी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्