पत्रकारमाथि कुटपीट र दुव्र्यवहार गर्ने कार्य बन्द गरः क्रान्तिकारी पत्रकार संगठन



काठमाडौं । सम्पूर्ण श्रमजीवी पत्रकारहरुको पेशागत अधिकारको लागि संघर्षरत क्रान्तिकारी पत्रकार संगठन, नेपालले कैलाली र काठमार्डौंमा पत्रकारहरुमाथि भएका हमला र दुव्र्यवहारको कडाशब्दमा विरोध जनाएको छ ।

जिल्ला मालपोत कार्यालय, कैलालीका प्रमुख सुरेन्द्र केसीले अर्थ सरोकार डटकमका पत्रकार सुदर्शन श्रेष्ठमाथि गरेको दुव्र्यवहार र काठमाडौंबाट सञ्चालित थाहा अनलाइन डटकममा कार्यरत पत्रकार कलमबिक्रम जिसीमाथि नेकपा ओली समूहका कार्यकर्ताले गरेको आक्रमणको सो संगठनले विरोध जनाएको हो ।

पत्रकार श्रेष्ठले सेवाग्राहीको निरन्तरको गुनासोपछि समाचार संकलनका लागि मालपोत कार्यालय पुगेर सूचना माग्दा मालपोत कार्यालय प्रमुख केसीले उनलाई अपशब्द बोल्दै हातपात गर्न खोजेको र धम्की दिएका थिए भने यता काठमाडौंमा भने अखिलका अध्यक्ष रञ्जित तामाङको अन्तरवार्ता प्रकाशन गरेको आरोपमा पत्रकार कमलबिक्रम जिसीमाथि ओली समूहका कार्यकर्ताले आरआर क्याम्पसको परिसरमा कुटपीट गरेका थिए ।

सत्यतथ्य कुरा जनतालाई जानकारी गराउने जिम्मेवारी बहन गर्दै आएका श्रमजीवी पत्रकारमाथि यसरी हमला गरिएको घटनालाई क्रान्तिकारी पत्रकार संगठनले घोर निन्दनीय र भत्र्सनीय कार्य भनेको छ । सो संगठनले आगामी दिनहरुमा यस्ता घटना दोहोरिन नदिनका लागि पहल गर्न नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाहरुलाई ध्यानाकर्षण पनि गराएको छ ।

सो संगठनका कार्यबाहक अध्यक्ष दिपबहादुर घर्ती र महासचिव बाबुराम भूसालद्धारा जारी विज्ञप्तिमा यस्तो ध्यानाकर्षण गराइएको हो । यसैबिच पत्रकार जिसी कार्यरत थाहा अनलाइनका सञ्चालक यादवप्रसाद सुनारले पनि ओली समूहका कार्यकर्ताले आफ्ेूले सञ्चालन गरेको मिडियामा कार्यरत पत्रकार जिसीमाथि गरिएको कुटपीटको कडाशब्दमा विरोध जनाएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्