तेह्रथुममा ७सय२३लाई कोरोना विरुद्धको खोप दिइने



१४ माघ ०७७, तेह्रथुम – तेह्रथुममा ७सय२३लाइ कोरोना विरुद्धको खोप दिइने भएको छ।आजदेखि ३ दिन सम्म प्रथम चरणको खोप स्वास्थ्य कार्यालय तेह्रथुममा दिइने जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङक अधिकृत तोयानाथ दाहालले बताएका छन।

१८ वर्ष माथिका उमेर समुहका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने छ।स्वास्थ्य कार्यालय तेह्रथुमको परिसरमा जिल्ला समन्वय समितिका तेह्रथुमका प्रमुख शिव प्रसाद ढुंगाना प्रमुख प्रमुख जिल्ला अधिकारी जयराज भन्डारीको उपस्थितिमा स्वास्थ्य कार्यालय तेह्रथुमका निमित मेडिकल अधिकृत मनोज धमलाले पहिलो खोप लगाउदै विधिवत कोरोना विरुद्ध खोपको सुरुवात गरिएको छ।

 

खोपको पहिलो डोज लगाएको दोस्रो डोज चार हप्ता पछि मात्र पुरा हुनेछ।कोरोना विरुद्धको खोप जिल्लामा सरकारी,गैह्र सरकारी तथा निजि क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मी,सहयोगी,कर्मचारी,सामुदायिक स्वास्थ्य सवयंसेविका,सरसफाईकर्मी,एम्वुलेन्स चालक,शववाहन चालक,सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यावस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य कार्यालय तेह्रथुमका निमित मेडिकल अधिकृत मनोज धमलाले जानकारी दिएका छन।

खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउने हँदा अन्य खोपजतिकै सुरक्षित रहेको धमलाले बताएका छन ।उनका अनुसार वाहिर सुने जस्तो कुनै समस्या नभएको बताएका छ।अन्य खोपजत्तिकै सुरक्षित रहेको उनको भनाई छ।गर्भवति स्थनपान गराउने आमा,कोरोना भाइरसकि सक्रमित,संक्रमणपछि ८ साता ननाघेको अबस्था भएको प्लाज्मा थेरापी दिएका कोभिडका विरामी कुनै पनि गम्भिर प्रकृतिका विरामी,अधिक रक्तश्राप हुने वा रगतमा रगत रोकथाम गर्ने तत्त्वको कमि भएका नागरिकले खोप लाउनू नहुने निमित अधिकृत धमलाले बताए।

पहिला कोभिड संक्रमण भएको व्यात्ति ,दिर्ध रोज मुटु मस्तिष्क फोक्सो मृगौला,क्यान्सर रोजि,HIV, जस्ता रोज प्रतिरोधात्मक औषधी सेवन गरिरहेका नागरिकले खोप लगाउन सक्नेछन।

खोप लगाई सकेका नागरिकलाई सुइ लगाएको ठाँउमा दुख्ने सुनिन्ने रातो हुन सक्ने,थकाई र आलस्य महसुस हुने ज्वरो वा टाउको दुख्ने वाकवाकि वान्ता हुने,मांसपेसी वा जोर्नि दुख्ने,ज्वरो आउने,घाँटि दुख्ने आदि समस्या देखिन सक्ने स्वास्थ्य कार्यालयका निमित मेडिकल अधिकृत धमलाले बताए।तेह्रथुममा २१सय ५८ जनाको पिसिआर टेस्ट गरिएकोमा ७२ जनामा कोरोना पोजेटिभ देखिएको थियो।आज पहिलो दिन ४२ जना स्वास्थ्य कर्मी खोप लगाएका छन भने भोलि म्याङलुङ नगरपालिका भित्रका स्वास्थ्य कर्मिलाई लगाइने स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ।जिल्लाका ६ स्थानिय तहका कार्यरत स्वास्थ्य कर्मि, एम्वुलेन्स चालक,सुरक्षाकर्मी,लगायतलाई स्वास्त्य कार्यालय तेह्रथुममा तालिमको आयोजना गरि खोप दिईने तथ्याङक अधिकृत दाहालले जानकारी दिएका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्