बहिरासंग व्यावसायीको बार्गेनिङ



सैघाली खबर
दाङ,२७ पुस ।अहिले जिल्ला मेला महोत्सवको सिजन चलिरहेको अवस्थामा तुलसीपुर उद्योग वाणिज्य संघले भने मेला महोत्सवमा समेत एकलौटी सिण्डिकेट लाद्ने प्रयास गरेको छ । जिल्लाभरी विभिन्न क्लव र ठेक्कामा समेत मेलामहोत्सव लगाइरहेको अवस्थामा भने तुलसीपुरका व्यवसायीहरुले वहिराहरुसंग बार्गेनीङ गर्दै महोत्सव लगाउँन नदिने भएको छ ।

राप्ती वहीरासंघले तुलसीपुरमा वहिराहरुलाइ छात्रावासको व्यवस्थापनका लागी आवस्यक रकम संकलनका लागी तुलसीपुरको अरनिको मैदानमा यहि माघ ११ गतेदेखि २२ सम्म मध्यपश्चिम व्यापार मेला तथा औद्योगिक प्रदर्शनीको आयोजना गरेको छ । मेलाकालागी जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुअघि उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल सहित वर्तमान अध्यक्ष विरु रावत संग पनि मौखिक सहमती भएको थियो । तर मेला लगाउने तयारी भैसकेको अवस्थामा अव तुलसीपुरका व्यवसायीहरुले मेला लाग्न नदिने प्रयासमा लागेका छन ।

मेलाको तयारीकालागी राप्ती वहिरा संघले कम्तिमा १५ लाख रुपैया खर्च गरीसकेको छ,। तर पछिल्लो समयमा तुलसीपुर उद्योग वाणिज्य संघले मेलालाइ फेरी सिन्डिकेटको प्रयास गर्यो । अहिले राप्ती वहिरा संघकी कार्यकारी निर्देशक यहि विषयमा वेचैन छिन् । उनी भन्छिन्, पहिले उद्योग वाणिज्यसंगका अग्रज नेतृत्वहरुकै मौखिक सल्लाहमा महोत्सव लगाउन खोजेका हौं, तर अहिले उहांहरुलेनै महोत्सवका विषयमा अनर्गल सिण्डिकेट लगाउने तयारी गरीरहनुभएको समाचारहरु आएका छन्’ । निवर्तमान अध्यक्ष विमल रिजाल भन्छन्—हामी यो महोत्सव कुनैपनि पक्षमा सन्चालन गर्न दिंदैनौ, लगाए यसलाइ विफल बनाउंछौं ।’ हामी कुनै पनि हालतमा मेला लगाउँन दिदैनौ तुलसीपुर स्थित अरनीको मैदानमा मेला अबधी लगाए बजार बन्द गछौ उहाँले भन्नुभयो । यो मेला व्यापारीको हित विपरित छ तुलसीपुर स्थित सम्पूर्ण ब्यापारी मेला लगाउँन नदिन आग्रह गर्नु भएको छ हामी त्यसै अनुसार अगाडी बढेका छौ भने ।

यो अवस्थाले वहिरा संघले लगाउने महोत्सव संकटमा परेको छ । अन्योलमा छन् आयोजक ।तुुुलसीपुरका व्यवसायीहरुले वहिरा संघले लगाउन थालेको महोत्सवलाइ ठेक्काको प्रतिक्रिया दिएका छन् । खासमा यो अवस्था भने अझै सार्वजनिक रुपमा वाहिर आएको छैन । सुरुमा महोत्सव लगाउन अग्रज नेतृत्वहरुले हुन्छ भनेका थिए, पछि केहि स्टल निशुल्क भने, अनि पछिल्लो समयमा महोत्सव लगाउनै दिदैनौ भन्ने मनस्थीतिमा तुलसीपुर उद्योग वाणिज्य संघ पुगेको छ । समाचार श्रोतका अनुसार यहि समयमा नारायणपुर उद्योग वाणिज्य संघले पनि महोत्सवको तयारी गरीरहेको छ । त्यहिंको ठेकेदारको दवावमा तुलसीपुरको अरनिको मैदानमा लगाउन थालिएको महोत्सव रोक्ने प्रयास भएको बुझिएको छ ।

मेलाका विषयमा प्रमुख जिल्ला अधिकारी र आयोजक र तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच छलफल भएको थियो । सहमतीमा महोत्सव सन्चालन गर्ने सहमती समेत भएको थियो । तर दलालहरुको घनचक्करमा तुलसीपुरका उद्योगी व्यवसायीहरु समेत परेका छन् । नारायणपुरमा ठेक्कामा महोत्सव लगाउने दलालले दवाव दिएपछि तुलसीपुरका उद्योगी व्यवसायीहरु समेत त्यसैको घनचक्करमा फसेर महोत्सव विथोल्ने मनस्थीतिमा पुगेका छन् ।

राप्ती वहिरा संघकि प्रतिमा भन्छीन, हामीले महोत्सव कमाउनकालागी होइन, वहिराहरुलाइ छात्रावास बनाउनकालागी मात्रै हो, राज्यले छात्रावास बनाई दिन्छ, वा तुलसीपुर उद्योग वाणिज्य संघले छात्रावास बनाइदिने अवस्थाको जिम्मा लिन्छ भने हामी महोत्सव क्यान्सिल गर्न तयार छौं ।’ तर उनको रोदनमा व्यवसायीहरु छैनन् । खासमा नारायणपुरमा त्यहि समयमा महोत्सव लाग्ने भएकाले तुलसीपुरका व्यवसायीहरुलाइ दवाव पुगेको हो ।

नारायणपुरमा उद्योग वाणिज्य संघ आयोजक बनेपनि सवै मेला महोत्सव ठेक्कामै जाने सहमती भैसकेको समाचार श्रोतले बताएका छ । के वहिराहरुलाइ संविधानले नागरीककोृ अधिकार दिएको छैन र । महोत्सव मेला लगाउने आधिकारीक कानुनी निर्देशिका अझै पनि राज्यले जारी गरेको छैन । अघिल्लो बर्ष घोराहीको नवलपुरमा लगाइएको महोत्सव पनि यस्तै विवादको भुमरीमा परेको थियो भने यसै बर्ष कोठारीमा लागेको महोत्सवको विषयमा धेरै विवाद भएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्