१ अर्ब राजश्व छलेको आरोपमा मिश्रविरुद्ध मुद्धा



काठमाडौं । नक्कली बिल प्रयोग गरी कर छलेको आरोपमा एउटै व्यक्तिविरुद्ध १ अर्ब भन्दा बढीको मुद्धा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो मुद्धा चलाएको हो ।

९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट कर, आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित पाटन उच्च अदालतमा मुद्धा चलाएको हो ।

विभागले प्रतिवादी मिश्रका साथसाथै कर छलीमा उनलाई सहयोग गरेको आरोपमा मिश्रका कर सहयोगी र लेखापरीक्षक विरुद्ध समेत मुद्धा चलाएको छ । सो कर छलीमा कर सहयोगीहरु गंगाप्रसाद भट्टराई रमेश घिमिरे र तोयानाथ अधिकारी तथा लेखा परीक्षकहरु सुरेन्द्र कुमार इङ्गनाम, टंक राउत, दीपक निरौला र दीपक कोइराला विरुद्ध मुद्दा चलाएको हो ।

सो मुद्धामा भ्याटतर्फ ३४ करोड, आयकर तर्फ ६५ करोड र लाभांश करतर्फ ५ करोड रुपैयाँ कर छली भएको विभागको दाबी छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्