समाचार

कपिलवस्तुको शुद्धोधन गाउँपालिको महादेवमा बिवाह हलको शिलान्यास

By Thaha - Online

January 27, 2021

मिति माघ १४ – कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिको. महादेवमा बिवाह हलको शिलान्यास।

उक्त हलको शिलान्यास प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निसार अहमद खाँनले गर्नुभएको हो ।

बिजय बहादुर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि सन्तोष श्रीवास्तव, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद ज्ञवाली, जिल्ला समान्य समिति सदस्य काजु ताणीवान, ईलाका प्रहरीबाट ईन्द्रनाथ धोबी, सब ईन्जिनियर करण रियल, सन्दिप पाण्डे, ईन्द्र मणि खनाल लगायत उपस्थिति रहेको थियो ।

शुद्धोधन गाउँपालिका बासीलाई सहयोग हुने उद्देश्यले बिवाह हालको शिलान्यास भएको बिजय बहादुर यादवले बताउनु भयो ।