ओलीविरुद्धको आरोप पत्र फिर्ता लिई चुनाबमा भाग लिए अझै पार्टी एकता सम्भव छ: मन्त्री श्रेष्ठ



काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले प्रचण्डले दर्ता गराएको प्रधानमन्त्री केपी ओलीविरुद्धको आरोप पत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित नेकपा सिरहा जिल्ला सदस्यको शपथग्रहण कार्यक्रममा उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गराएको आरोपपत्र फिर्ता लिइ अदालतको निर्णय मान्न र निर्वाचनमा जान तयार भए पार्टी एक भएर जानसक्ने बर्ताका हुन् ।

मन्त्री श्रेष्ठले निर्वाचन आयोगले अध्यक्षद्वय ओली र प्रचण्डको सहमति र महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैध ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएको बताउँदै सडक आन्दोलन रोकेर पार्टीलाई एकताबद्धरुपमा अघि बढाउने बताए ।

“सडक आन्दोलनबाट मुलुकलाई निकास दिन सकिँदैन”, उनले भने “ताजा जनादेशका लागि निर्वाचनमा जानु नै मुलुकको हितमा हुन्छ ।”

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्